संसद सचिवालयमा पुग्यो रविलाई निलम्बन गर्ने पत्र
काठमाडौँ ७ पुस । सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने को सांसद पद निलम्बनका लागि पत्र संसद सचिवालयमा पुगेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्ति शुद्धीकरणको मुद्धा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वत निलम्बल हुने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयमा आइपुगेको संसद सचिवालयले जनाएको छ ।
रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो ।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार