धनगढीबाट सुनसहित दुई भारतीय पक्राउ
धनगढी । कैलाली प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुई भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित वर्मा रहेका छन् ।
उनीहरलाई कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी बाट ५४९ दशमलव २ सय ग्राम सुनसहित पक्राउ गरेको हो ।
गाडी चेकजाँच गर्दा उक्त सुन, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ एक हजार २८० बरामद गरिएको छ ।
चेकजाँचका क्रममा सुन, नगद र ल्यापटपसहित गाडी र सो गाडीमा सवारी दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार