एनपीएल उपाधि विजेता जनकपुरलाई प्रधानमन्त्री ओलीले गरे सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सलाई सम्मान गरेका हुन् ।
उनले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिए ।
शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिंदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार