तोलामा ११ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ११०० रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार