सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री बम सवार गाडी दुर्घटना


 


धनगढी, पुस ७ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना भएको छ ।

भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिएर दुर्घटनामा परेको हो ।

राज्यमन्त्री बमको पारिवारिक स्रोतका अनुसार स्वास्थ्य उपचार गरेर भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोकिएको हो ।

दुर्घटनामा उनी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको र गम्भीर चोट नलागेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: ७ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्