डोरी घाटीमा कसिएर एक बालकको मृत्यु
बैतडी, पुस ७ । डोरी घाटीमा कसिर बैतडीमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वालेकका १४ वर्षीय बालक सन्दीप जोशीको घाटीमा डोरी कसिएर मृत्यु भएको हो ।
घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा डोरी घाँटीमा अल्झिदा घाटी कसिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले जानकारी दिए ।
उनका अनुसार डोरी घाँटीमा कसिएर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार