रबि लामिछाने माथि आज मुद्दा दर्ता गरिँदै
काठमाडौं, पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका पूर्व गृहमन्त्री रबि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ ।
सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथी छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो । कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने प्रावधान छ ।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार