कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं, पुस ६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा रहेको छ ।
स्विस फ्र्याङ्क १ को खरिददर १५१ रुपैयाँ ७० पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: ६ पुस २०८१, शनिबार