बाजुरामा भूकम्प गयो, क्षतिको विवरण सङ्कलन हुँदै


 


काठमाडौँ, पुस ६ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएर आज (शनिबार) विहान ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भूकम्पबाट मानवीय क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन । भौतिक क्षतिको विवरण सङ्कलन भइरहहेको उनले बताए ।

प्रकाशित मिति: ६ पुस २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्