प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्दै बालेन, यस्तो छ कारण
काठमाडौँ, पुस ६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएका छन् ।
आवश्यक कानुनी प्रक्रिया पूरा नगरी काठमाडौँको पुरानो बसपार्कमा निर्माण भइरहेको भ्युटावरको नक्सा पास गर्न स्वीकृति जनाएको आरोप लगाउँदै बालेनले उनलाई कारबाही गर्न लागेका हुन् । महानगरका प्रवक्ता नवीन मानन्धरले कानुनी प्रक्रियामा नगई नक्सा पासमा स्वीकृति जनाएको भन्दै गुरागाईंमाथि कारबाही गर्न लागिएको बताए ।
गुरागाईंले आधिकारिक नक्सा पास प्रणालीभन्दा बाहिर गई पास गरेको आरोप महानगरले लगाएको छ । जलेश्वर स्वछन्द बिकोई विल्डर्सले भ्युटावर निर्माणको काम गरिरहेको छ । तर लामो समयसम्म काम सकिएको छैन। अहिले निर्माणको काम करिबकरिब ठप्पझैं छ । सयममा काम नसकिँदा महानगर र निर्माण कम्पनीबीच विवादसमेत हुँदै आएको छ ।
बालेनले यसअघि अर्का एकजना प्रमुख प्रशासकीय अधिकृतलाई पनि कारबाही गर्न यस्तै सिफारिस गरेका थिए । नागरिकमा खबर छ ।
प्रकाशित मिति: ६ पुस २०८१, शनिबार