विश्व ध्यान दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन र ‘विद्यार्थीसँग ध्यान’
काठमाडौँ ५ पुस । जीवन विज्ञानले विश्व ध्यान दिवकासको पूर्व सन्ध्यामा पुस ५ गते विभिन्न कार्यक्रम गरेको छ ।
विश्व ध्यान दिवसको अवसरमा शुक्रबार बिहान विभिन्न कलेजका ‘विद्यार्थीसँग ध्यान’ गरेको जीवन विज्ञानले साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
डिसेम्बर २१ अर्थातु पुस ६ गते विश्व ध्यान दिवसको पूर्वसन्ध्यामा माइतीघरमा १००८ दीप प्रज्वलन गरिएको हो ।
ध्यानले मानिसमा आन्तरिक शान्ति ल्याउने हुँदा विश्व ध्यान दिवसको स्वागत गर्दै गरिएको दीप प्रज्वलनमा जीवन विकास विशेषज्ञ एल पि भानु शर्मा जीवन विज्ञानकी अध्यक्ष देवी शर्मालगायत पदाधिकारी, प्रशिक्षक र ३०० बढी साधकसाधिकाको उपस्थिति थियो ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै ध्यान दिवस मनाउन सुरु गरिएको हो ।
विश्व ध्यान दिवसकै अवसरमा यसअघि शुक्रबार बिहान जीवन विज्ञान युवा शक्ति वृत्तले देशका विभिन्न कलेजहरूमा २ हजार ५०० बढी विद्यार्थीलाई ध्यान गराएको छ ।
जीवन विज्ञानका युवा प्रशिक्षकहरूले काठमाडौंका १५ ओटा र सुनसरीका ३ ओटा गरी १८ ओटा कलेजका दुईहजार ५०० बढी विद्यार्थीलाई ध्यान गराएका हुन् । नेपाल सरकार र जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको ‘स्वजागरण’ ध्यान विधि प्रशिक्षकहरूले विद्यार्थीलाई सिकाए ।
पहिलो विश्व ध्यान दिवसका अवसरमा भोली नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा बृहद् कार्यक्रम गर्दैछ । सरकार विभिन्न निकाय, आध्यात्मिक र सामाजिक संघसंस्थाहरूले समेत विश्व ध्यान दिवसका अवसरमा कार्यक्रम सञ्चालन गर्दैछन् ।
प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार