अनेरास्ववियुको महाधिवेशन चैत्रभित्रै


 


काठमाडौँ, पुस ५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशन चैत्र मसान्तभित्रै गर्ने तयारी गरिएको छ । अनेरास्ववियुले बिहीबार त्रिभुवन विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीय कमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले २३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएदेखि नै कुनै पनि शिक्षालयमा तालाबन्दी नगर्ने प्रतिबद्धता अनुरूप हरेक विषय शालीनतापूर्वक प्रस्तुत गरिँदै आएको बताए ।

साथै देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षको उपस्थितिमा पुस २५ र २६ गते स्ववियु निर्वाचनका लागि काठमाडौँमा कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्