यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, पुस ५ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
स्वीस फ्र्याङ्क १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ४० पैसा र बिक्रीदर ९४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार