साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से


 


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।

अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजारमा आज पनि उच्च गिरावाट आएको हो ।

बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको छ ।

बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ । बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् ।

सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ ।

सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ ।

प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्