लोसपामा ८ केन्द्रीय सदस्य मनोनित


 


काठमाडौँ, पुस ४ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ८ केन्द्रीय सदस्यलाई मनोनित गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरले सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनारलाई मनोनित गरेको हो ।

योसँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय बनेको छ ।

प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्