चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशीभन्दा विदेशी पपर्यटक बढी
नवलपुर, पुस ४ । चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ७२ हजार बढी पर्यटकले भ्रमण गरेका छन् ।
निकुञ्जमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले भ्रमण गरेका हुन् ।
निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली तथा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटकको भ्रमणबाट गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ ।
निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा रु १० करोड ६७ लाख एक हजार नौ सय राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार