पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र कुहिरो
काठमाडौं, पुस ४ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा आज बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र थोरै स्थानमा कुहिरो लागेको छ ।
दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार