भक्तपुरमा बुवाले गरे चक्कु प्रहार गरेर छोराको हत्या


 


काठमाडौं, पुस ३ । भक्तपुरमा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

अछामको कमलनगर नगरपालिका–६ घर भएका उनीहरु भक्तपुर नगरपालिका–२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।

गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

छोराको हत्यामा संलग्न दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्