एनपीएलमा प्लेअफका दुई खेल हुँदै, फाइनलमा पुग्न सुदूरपश्चिम र जनकपुर भिड्दै


 


काठमाडौं, पुस ३ । नेपाल प्रिमियर लिग एनपीएलमा आज प्लेअफका दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विहान ९ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।

यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फाइनलमा पुग्नका लागि भिडन्त हुँदैछ ।

सुदुरपश्चिम शीर्ष स्थानमा छ भने जनकपुर दोस्रो स्थानमा रहेको छ । यो खेलमा विजेता फाइनल पुग्ने छ भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।

आठ टोलीले भाग लिएको एनपीएलमा यी चार टोली प्लेअफमा पुगेका हुन् ।

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्