कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं, पुस ३ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राति भने हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ३ पुस २०८१, बुधबार