तत्काल अन्य पार्टीसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय


 


काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो।

बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो । बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार खडा गर्ने पार्टीको साङ्गठनिक सुदृढीकरण गर्ने निर्णय गरिएको छ ।

उनले आगामी कार्यक्रम तथा नीतिलगायत विषयमा प्रतिवेदन प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गत मंसिर २६ गतेदेखि जारी बैठकमा पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ ।

प्रकाशित मिति: २ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्