आज यी तीन प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौं, पुस २ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमा महाशाखाका अनुसार आज (मंगलबार) बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । राति पनि देशभरको मौसम सामान्यता सफा रहने छ ।
महाशाखाका अनुुसार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ ।
प्रकाशित मिति: २ पुस २०८१, मंगलबार