दुई संसदीय समितिको बैठक बस्दै


 


काठमाडौँ, पुस १ । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक विहान ११ बजे बस्दैछ ।

बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्