काठमाडौंका पहिलो मेयर सिंहको निधन


 


काठमाडौं, पुस १ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।

२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् । सिंहको निधनमा काठमाडौं महानगरले शोक विदा दिएको छ ।

नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् । कांग्रेसले उनीपछि काठमाडौं महानगरको प्रमुखमा जित्न सकेको छैन । उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्