एसीसी महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै


 


काठमाडौं, पुस १ । मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज सोमबार पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने १२ बजे हुनेछ ।

एसिया कपमा नेपालले पाकिस्तानलाई हराउने लक्ष्य राखेको छ । बलियो प्रतिस्पर्धीसँग खेल्न सिनियर टिममा समेत स्थान बनाइसकेकी पुजा महतोसँगै, सोनी पाख्रिन, साना प्रविन र कृष्मा गुरुङजस्ता उत्कृष्ट खेलाडी टिममा छन् ।

जुफिसान आयाजको कप्तानीमा रहेको टीममा २०२३ को विश्वकपमा पनि खेलेका हइना अहमर, कुरातुलैन छन् ।

नेपाली टिमले घरेलु मैदानमा दुई साताको अभ्यास गरेर गत शुक्रबार मलेसिया गएको थियो ।

नेपाल यूएईमा भएको आईसीसी यु–१९ महिला टी–२० विश्वकप छनोटको विजेता बनेर एसिया कपमा पुगेको हो ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्