कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं, मंसिर ३० । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा देशभर आंशिक बदली रहेको भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ । काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ ।
आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ ।
यस्तै सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने विभागले जनाएको छ ।
प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार