पत्रकार महासंघ निर्वाचनको मतगणना जारी गठबन्धनकी शर्मा अगाडि, पछ्याउँदै विष्ट
काठमाडौँ २८ मङ्सिर । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्षतर्फ सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस समर्थित प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला शर्मा अगाडि छिन् ।
गणनाको प्रारम्भिक नतिजा अनुसार हालसम्म शर्माले ५८९ मत ल्याएर अग्रता कायम गरेकी हुन् । प्रेस युनियनका बागी अध्यक्ष उम्मेदवार रमेश विष्टले ४७७ मत ल्याएर शर्मालाई पछ्याइरहेका छन् । विष्टलाई माओवादी केन्द्र समर्थित प्रेस सेन्टर, एकीकृत समाजवादी समर्थित समाजवादी प्रेसलगायतले समर्थन गरेका छन् ।
महासङ्घको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार