राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडलले शुक्रवार विभन्न पाँच देशमा राजदूत नियुक्त गरेका हुन् ।

उनले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राष्ट्रपति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जस अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन र प्रा. डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको हो ।

यस्तै, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ ।

लम्साल परराष्ट्र मन्त्रालयकी निवर्तमान सचिव हुन् भने तुम्बाहाङ्फे पूर्वउसभामुख हुन् । स्पेनका लागि राजदूत नियुक्त भएका सनिल नेपाल पोर्चुगलका लागि पहिलो नेपाली राजदूत हुन् ।

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्