कार्यविभाजन गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


 


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दै छ । नेताहरूको कार्यविभाजन गर्न बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजन प्रस्तावमा छलफल गरेर निर्णय गर्नेछ ।

गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन । जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ ।

त्यस्तै नेताहरूको चित्त बुझाउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ । आजकै बैठकले विगतमा पोलिटब्युरो भएका १७ नेताहरूलाई स्थायी कमिटी सदस्य नियुक्त गर्ने तयारी भएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्