प्रहरीका दश डीआईजीको सरुवा, को कहाँ भए सरुवा ? (सूचीसहित)


 


काठमाडौं, मंसिर २८ । नेपाल प्रहरीका १० डीआईजीको सरुवा भएको छ ।

गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार दश डीआईजीको सरुवा गरेको हो । डिआईजीको सरुवासँगै चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।

कोशीमा डीआईजी राजन अधिकारी, लुम्बिनीमा दानबहादुर कार्की, गण्डकीमा भोलाबहादुर रावल तथा सुदूरपश्चिममा गणेश चन्दलाई पठाइएको छ ।

विशेष ब्यूरोको प्रमुखमा डीआईजी शिद्धिबिक्रम शाहलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्