रविलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गरारइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।

रविलाई पछिल्लोपटक थपिएको चार दिनको म्याद आज सकिने भएपछि अदालत उपस्थित गराउन लागिएको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

पक्राउ परेका रविलाई पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ । लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्