तीनवटा संसदीय समितिको बैठक बस्दै


 


काठमाडौं, मंसिर २६ । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ ।

अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा समितिमा प्राप्त विधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल गर्ने कार्यसूची रहेको छ ।

शिक्षा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे कानून समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्