रविलाई लक्षित गर्दै गृहमन्त्री लेखकले भने – कसैको मानवअधिकार हनन् भएको छैन


 


सुर्खेत। गृहमन्त्री रमेश लेखकले मानव अधिकारको विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयलाई लक्षित गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । कसैको मानवअधिकार हनन नभएको उनले दाबी गरे।

प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भने,’ सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ। प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ। कसैको मानवअधिकारको हनन् भएको छैन।’

लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै गृहमन्त्री लेखकले त्यसबारे अनुसन्धान भइरहेको बताए ।

ठगीएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको गृहमन्त्री लेखकको भनाइ छ। प्रहरीको कमजोरी भएको छ भने चितवनबाट आउँदा त्यो हेर्न सकिने उनले बताए।

संविधानको रक्षा र कार्यान्वयन गर्ने, दीगो शान्ति र समृद्धि ल्याउने प्रमुख विषयमा अहिलेको सरकारले काम गरिरहेकाले उनले बताए।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्