आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
काठमाडौं, मंसिर २५ । ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ भन्ने मुख्य नारासहित आज विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ ।
‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार