यी दुई प्रदेशका केही स्थानमा वर्षाको सम्भावना


 


काठमाडौँ, मंसिर २५ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बीनी प्रदेश र कोशी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुइ स्थानमा हल्का वर्षा भइरहेको छ । मध्य र पुर्वी तराइका धेरे भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

राति भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्