दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघ्यो


 


काठमाडौँ । दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख बढि रकम संकलन भएको छ । सातामा करिब ४ जना जति विदेशी नागरिकले मात्रै टिकट लिने गरेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए ।

‘विदेशी नागरिक खासै धरहरा चढ्दैनन् । हामीले के–कति विदेशी नागरिक चढे भन्ने तथ्यांक त राखेका छैनौँ तर अन्दाजी एक सातामा करिब ४ जनाले टिकट काट्ने गरेको देखिन्छ,’ राईले भने ।

सरकारले मङ्सिर ९ गतेदेखि दैनिक १२५० को सख्या भौतिक रूपमा उपस्थित भई सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको छ ।

धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति १००० रुपैयाँसम्म शुल्क तोकेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।

यसैगरी नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको छ । बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्