रविलाई काठमाडौं हुँदै पर्सा लगिँदै, छवि पनि पुरयाइयो


 


काठमाडौं, मंसिर २४ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको छ ।

रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने र त्यसपछि आजै सिमराको उडानबाट वीरगन्ज पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनाललाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुरयाइएको छ । उनीहरुलाई आइतबार राति पोखराबाट लगिएको हो ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्