बीआरआई सम्झौता गरेपछि देउवाले बोलाए कांग्रेस बैठक


 


काठमाडौँ, मंसिर २४ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ ।

बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९ बजेका लागि बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । यसै साता प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बीआरआईमा सम्झौता गरेका छन् ।

कांग्रेसले बीआरआईमा ऋणमा सम्झौता गर्न नसकिने अडान लिएका थिए भने ओली भने ऋणमै भए पनि सम्झौता गर्ने तयारीमा थिए ।

अहिले यसबारे कुन मापदण्डका आधारमा सम्झौता गरियो खुलाइएको छैन । यसैकारण देउवा–ओलीबीच मतभेद बढेको अनुमान छ ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्