उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना


 


काठमाडौं, मंसिर २४ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसले गर्दा देशका अधिकांश स्थानको मौसम बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमा महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वागमती र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू –भागका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

आज राति कर्णालीलगायत सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्