जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य


 


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ।

जितबिहीन लुम्बिनी लायन्सले अपराजित जनकपुर बोल्ट्सलाई १३६ रनमै रोकेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि कप्तान तथा ओपनर अनिलकुमार साहले ४५ रन जोडे। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए। त्यसपछिका ब्याटर भने चल्न सकेनन्। हर्ष थाकर र जिमी निशम एक एक रनमै आउट भए।

दुवैलाई डेब्यू खेलाडी अभिसेष गौतमले आउट गरे। मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए। दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारे।

अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे। जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे। शुभ कंसाकरले नटआउट २२ रन जोडे।

बलिङमा लुम्बिनीका अभिसेष गौतमले तीन विकेट लिए भने रोहित पौडेल र शाद बिन जफरले दुई दुई विकेट हात पारे।

जारी एनपिएलमा जनकपुरले यसअघिका तीनै खेलमा जित निकाल्दा लुम्बिनी भने तीनै खेलमा पराजित भएको छ।

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्