रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बुटवल, मंसिर २३ । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो ।
रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा–११ गणेशनगरमा इँटा पु¥याइ फर्किने क्रममा दुर्घटना हुँदा चालक कुर्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
उनका अनुसार ट्याक्टर सडक छाडेर कल्भर्टको दायाँतर्फ गुड्दा दुर्घटना भएको हो । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार