एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै


 


काठमाडौँ, मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) पनि दुई खेल हुँदैछन् ।

बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेल जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । जनकपुरले लगातार तीन जीत निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्