कैलालीबाट सुन, चाँदी र नगदसहित तीनजना पक्राउ


 


काठमाडौं, मंसिर २३ । कैलालीको भजनीबाट सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् ।

शनिबार साँझ भजनी नगरपालिकाको वडा नम्बर ५ कौवाखेडा सीमा इलाकाबाट एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले उनीहरूलाई प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका–११ बस्ने ३२ वर्षीय महेश सुनार छन् ।

सशस्त्र प्रहरीले उनीहरुको साथबाट भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँबराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँबराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाँकुडा बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्