दाङमा धान धेरै फलाउने तीन जना किसान सम्मानित


 


दाङ, मंसिर २२ । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल पहिलो, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी दोस्रो र वडा नम्बर ६ बगरापुरका हरिचन्द्र चौधरी तेस्रो हुनुभएको छ ।

पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले प्रतियोगितामा पहिलो हुनेलाई १२ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई आठ हजार रुपैयाँ नगदसहित एक÷एक वटा कृषि औजार फरुवा दिएर सम्मान गरिएको बताउनुभयो ।

प्रक्रिया पु¥याएर आवेदन दिएका १६ जना किसानबीच प्रतिस्पर्धा भएको थियो । पालिकाले कार्यविधि नै बनाएर प्रतियोगितामार्फत छनोट भएका किसानलाई सम्मान गरेको हो ।

कृषि पेशालाई मर्यादित बनाउन र कृषि पेशाप्रति आकर्षण बढाउन प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्