लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार बिहानको पहिलो खेलमा लुम्बिनीले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेका छन् । उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ब्याटिङको निम्तो दिएका छन् ।
एनपीएलमा पहिलो पटक लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले आम्नेसाम्ने भएका हुन् ।
जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ भने सुदूरपश्चिमले दुबै खेल जितेको छ ।
लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको हो ।
सुदूरपश्चिम रोयल्सले भने पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको हो ।
प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार