एनपिएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै


 


काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ ।

जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । दुई खेले खेलेको सुदूरपश्चिम रोयल्सले दुईवटै खेल जितेको छ ।

त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । तीन खेल खेलेको कर्णाली याक्सले दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ ।

तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्