सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न थप एक जना पक्राउ


 


काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्