कर्णाली याक्सको पहिलो जित, रोमाञ्चक खेलमा चुक्यो चितवन


 


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ। कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो।

चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।

चितवनका बलर सोहेल तन्विरले १९औं ओभरमा २ रन मात्र खर्चिएपछि कर्णालीमाथि दबाब परेको थियो। १९औं ओभरमा तन्विरको बलमा कर्णालीका जीशन मक्सुदले सुरूवाती तीन बलमा रन लिन सकेनन्।

कर्णालीलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो। अन्तिम ओभरमा रिजन ढकाललाई कर्णालीका अर्जुन घर्ती सुरुवाती तीन बलमा २ २ रन लिए। चौथो बलमा अर्जुन घर्ती एक रन लिने क्रममा रन आउट भए।

पाँचौ बलमा जिनशले चौका प्रहार गरेपछि कर्णाली जित निकाल्न सफल भयो। कर्णालीका लागि भारतीय ब्याटर शिखर धवनले ४५ रन जोडे। ओपनर देव खनालले २५ रन बनाए।

उनले धवनसँग पहिलो विकेटका लागि ९.५ ओभरसम्म खेलेर ५३ रनको साझेदारी गरे। धनवसँग ५१ रनको साझेदारी गरेका चाडविक वाल्टनले ३० रन जोडे।

रवी बोपराको एलबिडब्लूको धरापमा पर्नुअघि उनले १९ बलमा ३ छक्का प्रहार गरे। बलिङमा चितवनका कुशल मल्ल, लोफ्टी इटन र रवी बोपराले एक एक विकेट लिए।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्