नेपाल प्रहरीमा भर्ना खुल्यो, जवानदेखि कुचीकारसम्म आवेदन माग


 


काठमाडौँ, मंसिर २१ । नेपाल प्रहरीमा जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खोलेको छ ।

नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवान (जनपद)मा १ हजार १६५ जना, ४७ जना भान्छे र ११ जना कुचीकारका लागि आवेदन माग भएको हो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिम केन्द्र बाँके र सुदूरपश्चिम तालिक केन्द्र दियायलमा फारम भरेर बुझाउन सकिने सकिनेछ ।

यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट पनि फारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनोट शाखाले बताएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्