सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमान्डु ७३ रनले पराजित


 


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा आज काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित हात पारेको हो ।
सुदूरपश्चिमका बलर नरेन साउदले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो ।

नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।

प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्